Kathmandu Press

बालुवाटारको ढलको समस्या हटाउन काम सुरु

काठमाडाैं, चैत १५ : खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या नआउने गरी काम थालिएको र प्रमुख...
बालुवाटारको ढलको समस्या हटाउन काम सुरु

काठमाडाैं, चैत १५ : खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या नआउने गरी काम थालिएको र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि अबको दिनमा थालिने बताएका छन।  

बालुवाटार क्षेत्रमा प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्सातको फोहोर पानी र ढललाई व्यवस्थापन गर्न सुरु भएको निर्माणको मङ्गलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समस्या समाधान हुने बताएका हुन। सो स्थानमा सुरु भएको निर्माणले काठमाडौँ महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्नेछ।

Hardik ivf

मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाइने बताए। आगामी आवमा सिंहदरबारभित्र र वरिपरिको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुनःनिर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाइने उनको भनाइ छ। उनले भने, 'सबै क्षेत्रका महत्वपूर्ण स्थानमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको काम अगाडि बढाइनेछ।'

ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’ पाउने मन्त्री चौधरीले बताए। मन्त्री चौधरीले निर्धारित समयभन्दा अगाडि र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै वडाका जनप्रतिनिधिको साथ र सहयोगबाट आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे।

खानेपानी सचिव सुरेश आचार्यले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौँ महानगरपालिकाका तीन वडाका बासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने र सडक प्रयोगकर्ताले सुविधा पाउने बताए।
    
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित अतिविशिष्ट व्यक्तिको निवास क्षेत्र र महानगरको २, ३ र ४ का नौ हजार २४६ घर परिवार ढल निकासको समस्याबाट लाभान्वित हुने बताए।

बालुवाटार क्षेत्रमा ढल र बर्सातको पानी व्यवस्थित गर्न नसक्दा आवास क्षेत्र र सडक ढल र पानीको कारण जलमग्न हुने र घरभित्र पस्ने समस्या छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको १ नम्बर गेटबाटै बालुवाटरको उत्तरी क्षेत्रबाट आउने बर्सातको पानी निवासभित्र पस्ने गर्दछ।

प्रकाशित मिति: २०:३८ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्