Kathmandu Press

नेपाल र मलेसियाबीच ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र मलेसियाबीच ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं, चैत १५ : राष्ट्रिय मानवअधिकार आयोग नेपाल र मानव अधिकार आयोग मलेसिया (सुहाकाम) बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकको मानवअधिकार संरक्षण सम्बन्धमा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगर र मानवअधिकार आयोग मलेसियाका अध्यक्ष ओथमान बिन हासिम उपस्थितिमा सोमबार  मलेसियामा आयोजित समारोहमा समझदारीपत्रमा हस्ताक्षर भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए। उक्त समझदारीपत्रको अवधि दुई वर्षको हुनेछ।

Hardik ivf

समझदारीपत्रमा विशेषगरी आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि उजुरीमा सम्बोधन, उजुरी प्रेषण, सूचना आदानप्रदान, रोजगारदातालाई प्रशिक्षण, प्राविधिक सहयोग, आप्रवासी श्रमिकलाई कानूनी सहयोग, अध्यागमन, कारागार र हिरासत कक्षको संयुक्त अनुगमन गरी अधिकार संरक्षण र प्रवद्र्धनको वातावारण सिर्जना गर्नेलगायतका विषय रहेका छन्। समझदारीपत्र कार्यान्वयनका लागि कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्ने, दुवै आयोगमा सम्पर्क अधिकृत तोक्ने र प्रत्येक छ महिनामा समन्वय बैठक गर्ने व्यवस्था रहेको छ।  
      
समझदारीपत्र हस्ताक्षर सम्पन्न गर्नुअघि दुवै पक्षबीच भएको छलफलमा एजेन्टहरुका कारण आप्रवासी श्रमिकले भोग्नुपरेका समस्या, मलेसियामा रहेका नेपाली श्रमिकको विभिन्न कारणबाट हुने मृत्यु, आत्महत्या, नेपाली श्रमिक तथा परिवारको न्यायमा पहुँच र अध्यागमन कानूनको प्रक्रियागत सरलीकरणका लागि कानून पुनरावलोकनजस्ता विषयमा छलफल भएको थियो।

समझदारीपत्र हस्ताक्षर  समारोहमा आयोगका सदस्य लिली थापा, कामु सचिव मुरारीप्रसाद खरेल, सहसचिव र अन्तर्राष्ट्रिय सम्बन्ध र आप्रवासन अधिकृतको सहभागिता रहेको थियो। मानवअधिकार आयोग मलेसियाका तर्फबाट उपाध्यक्ष जोसेफ जेराल्ड र अन्य आयुक्त तथा सम्बन्धित विभागका कर्मचारीका साथै नेपाली दूतावास मलेसियाका उपप्रमुख मोतीबहादुर श्रीसलगायतको सहभागिता रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्