Kathmandu Press

दलको विकल्प राजसंस्था होइन : अध्यक्ष थापा

दलको विकल्प राजसंस्था होइन : अध्यक्ष थापा

चितवन, चैत १५ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताए।

उनले भने, 'दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन।' जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उनले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताए। उनले भने, 'हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ।' हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उनले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको बताए।

Hardik ivf

थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको बताए। उनले भने, 'अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको छ।' नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उनको भनाइ थियो।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको उनले बताए। राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको भन्दै उनले भने, 'सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ।' स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उनले दाबी गरे।

राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानले नै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वाभाविक रहेको उनको भनाइ थियो। 'चुनावमा जित्नका लागि तालमेल हुनु स्वाभाविकनै हो,' उनले भने।

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्