Kathmandu Press

चितवनमा स्क्रब टाइफसका कारण दुईको मृत्यु, ९९ मा संक्रमित  

भरतपुर, असोज १५ :  चितवनमा स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ। अन्य १९ जनामा संक्रमण देखिएको छ। 

जिल्लाका अस्पतालमा साउनय....

चितवनमा स्क्रब टाइफसका कारण दुईको मृत्यु, ९९ मा संक्रमित  
सांकेतिक

भरतपुर, असोज १५ :  चितवनमा स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ। अन्य १९ जनामा संक्रमण देखिएको छ। 

जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको
स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए। स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिए। 

 जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका जिल्लाका रहेका छन्। स्क्रब टाइफस ओरीएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो। साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस)लाई सङ्क्रमणमा पार्दछ। ती सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन्।

यी सङ्क्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले जानकारी दिए। यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा सङ्क्रमित किर्ना प्रशस्त हुन्छन्। ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन।

गर्भवतीले स्क्रब टाइफसबाट सङ्क्रमित भए उनकोे गर्भाशय रहेको शिशु अङ्गभङ्ग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ। आर्थिक वर्ष २०७४-७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो। 

प्रकाशित मिति: १४:३५ बजे, बुधबार, असोज १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्