Kathmandu Press

चुनावी घोषणापत्रका लागि बालअधिकारका विषय समेट्न सुझाव

काठमाडौँ, चैत १५ : बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आशन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषयबारे आज नेकपा (एमाले) लाई...
चुनावी घोषणापत्रका लागि बालअधिकारका विषय समेट्न सुझाव
Hardik ivf

काठमाडौँ, चैत १५ : बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आशन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषयबारे आज नेकपा (एमाले) लाई सुझाव दिएको छ।

एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज सो पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक ईश्वर पोखरेललाई सो सुझाव दिइएको हो। सुझावपत्र हस्तान्तरण गर्दै अधिकारकर्मी डा कृष्ण सुवेदीले गत निर्वाचनमा एमालेले समावेश गरेका अधिकांश विषय कार्यान्वयनको चरणमा गए पनि बालअधिकार, संरक्षण, बालबालिकामैत्री नीति र बजेट तथा बालमैत्री शासन प्रणालीको कार्यान्वयन हरेक स्थानीय तहमा हुनुपर्ने बताए।

अधिकारकर्मी तारक धितालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, नेपालको संविधानको मौलिक हकमा समावेश बालबालिकाका हक स्थानीय तहले कार्यान्वयन गर्दा उच्च प्राथमिकता दिनुपर्ने बताए। सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले प्राप्त सुझावलाई ग्रहण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा केन्द्रबाट नीतिगत घोषणापत्र र स्थानीय तहबाट ठोस प्रतिबद्धतापत्र जारी गरिने जनाए।

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्