Kathmandu Press

दशैं मनाउन काठमाडौंबाट बाहिरिए ९ लाख यात्रु

काठमाडौं, असोज  १५ : दशैं मनाउन ९ लाख बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघक....

दशैं मनाउन काठमाडौंबाट बाहिरिए ९ लाख यात्रु

काठमाडौं, असोज  १५ : दशैं मनाउन ९ लाख बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अनुसार मंगलबार साँझसम्म ९ लाख बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन्। यातायात व्यवस्था विभागले दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेको थियो।

महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वाँरले नयाँ बसपार्कबाटमात्रै दैनिक ८० हजारको हाराहारीमा यात्रुहरु बाहिरिने गरेका छन्। 

उनका अनुसार पञ्चमीदेखि यात्रुको चाप अझै बढ्ने छ। ‘दशैं मनाउन जानका लागि धेरै टिकट घटस्थापनापछिका दिनका लागि विक्री भएका छन्। अझ पञ्चमीदेखि काठमाडौं बाहिरिने यात्रुको चाप बढ्छ,’ उनले भने।

उनले टिकट बुकिङको काम अब अन्तिम चरणमा पुगेको बताए। ‘अब टिकट बुकिङको काम लगभग सकियो भने पनि हुन्छ। अब टिकट नपाएका यात्रुका लागि जाँदाकै दिन नयाँ गाडी व्यवस्था गरेर पठाउँछौं,’ उनले भने।

टिकट नपाएका यात्रुलाई जसरी पनि गाडी व्यवस्था गरेर गन्तव्यसम्म पु¥याउने उनको भनाइ छ।
 

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, असोज १५, २०७६