Kathmandu Press

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : मलेसियाको जित

काठमाडौँ, चैत १५ : राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको...
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : मलेसियाको जित

काठमाडौँ, चैत १५ : राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले पपुवा न्यूगिनीलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो। जारी प्रतियोगितामा पवुवा न्युगिनीको यो लगातार दोस्रो हार हो। हिजो भएको पहिलो खेलमा पपुवा न्यूगिनी नेपालसँग १५ रनले पराजित भएको थियो।

मलेसियाले जितको लागि दिएको १८१ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनमा समेटियो। पपुवा न्यूगिनीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान दिए। त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाए भने सिमोन अटाइले १५ तथा असाद भालाले ११ रन जोडे। मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए। यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले समान ३/३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो। मलेसियाका लागि कप्तान अहमद फाइज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले। वीरन्दीपले अविजित रहदै ५९ रन जोडे भने अहमदले ५६ रन बनाए। यस्तै साएद अजिज ४७ रनमा आउट भए। पपुवा न्युगिनीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए।

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्