Kathmandu Press

मुलुकभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, चैत १५ : नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३०...
मुलुकभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि 
Hardik ivf

काठमाडौं, चैत १५ : नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ४ हजार ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हँुदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्