Kathmandu Press

बाँकेमा सात तेस्रोलिङ्गी मतदाता

खजुरा, चैत १५ : आगामी स्थानीय तहको निर्वाचनमा  बाँकेका सात तेस्रोलिङ्गी मतदाताले मताधिकार  प्रयोग गर्ने भएका छन् । ती मध्ये नेपालगञ्ज उपमहानगरपालिकाकाका चार, कोहलपुर...
बाँकेमा सात तेस्रोलिङ्गी मतदाता

खजुरा, चैत १५ : आगामी स्थानीय तहको निर्वाचनमा  बाँकेका सात तेस्रोलिङ्गी मतदाताले मताधिकार  प्रयोग गर्ने भएका छन् । ती मध्ये नेपालगञ्ज उपमहानगरपालिकाकाका चार, कोहलपुर नगरपालिकामा एक, राप्ती सोनारी  र खजुरा गाउँपालिकामा एक÷ एक रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए। 

त्यसैगरी बाँकेमा  १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । तीमध्ये पुरुष एक लाख ६७ हजार ३४९ छन भने महिला एक लाख ६२ हजार ११७ रहेको कार्यालयले जनाएको छ । 

Hardik ivf

विसं २०७४ को स्थानीय निर्वाचनताका जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकामा यस वर्ष करिब ८० हजार मतदाता थपिएका जनाइएको छ । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छ । मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र पनि बढेको सूचना अधिकारी पन्तले बताए। विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। 

तेइस दललाई  चुनाव चिन्ह्न

जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन्। उनीहरुलाई निर्वाचन कार्यालयले चुनाव चिन्ह्नसमेत प्रदान गरेको छ । 

यस्ता साना दलमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, जनजागरण पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा मालेलगायत रहेको निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्