Kathmandu Press

बहुबिवाह मुद्दामा फरार रहेका २ प्रतिवादी पक्राउ 

झापा, चैत १५ : बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी...
बहुबिवाह मुद्दामा फरार रहेका २ प्रतिवादी पक्राउ 

झापा, चैत १५ : बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका(३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन्। 

Hardik ivf

पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ बैशाख १४ गतेको फैसलाले बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।  

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ। 

प्रकाशित मिति: १३:५२ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्