Kathmandu Press

मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन

भक्तपुर, चैत १५ : खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन्।काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाखको...
मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन

भक्तपुर, चैत १५ : खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन्।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए। नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्ने व्यवस्था गर्ने कार्ययोजना सरकारले अगाडि सारेको उनले बताए। 

Hardik ivf

बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा जडान भएको वाटर एटिएमले शुद्ध खानेपानी उपलब्ध गराउन सहज भएको भन्दै उनले अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिकस्थल, भीडभाड हुने ठाउँ, पार्क तथा उद्यानजस्ता ठाउँमा यस्ता वाटर एटिम जडान गर्ने अभियान चलाउने बताए । 

अस्पताल परिसरमा जडान गरिएको वाटर एटिएममा रु दुई  खसालेर कागजको कपमा २०० मिलीलिटर शुद्ध पानी पाउने व्यवस्था गरिएको हो।

प्रकाशित मिति: १०:१७ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्