Kathmandu Press

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा दिइने

कास्की, चैत १५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर...
मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा दिइने

कास्की, चैत १५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग पोखरामा भएको भेटमा मन्त्री भुसालले  विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाइन्। उनले सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताइन्।

Hardik ivf

उनले भनिन्, 'हाम्रो पहिलो प्राथमिकता विदेशमा निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि गर्ने हो । जसका लागि बिजुली नपुगेका क्षेत्रमा राष्ट्रिय प्रसारणको बत्ती पु¥याउने योजनामा सरकार छ । पर्यटन क्षेत्रलाई चाहिएजति बिजुली दिन प्रतिबद्ध छौँ।'

सरकारले आगामी दुई वर्षभित्रमा देशभर विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाएको मन्त्री भुसालको भनाइ थियो।
मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा आफूहरू समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरेका थिए।

कास्कीमा अवस्थित चर्चित मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा हाल ५५ वटा होटलमा सञ्चालनमा छन्।

केही वर्षदेखि यता मर्दी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा पर्यटन क्षेत्रमा असर पुगेको गुनासो व्यवसायीको छ।

प्रकाशित मिति: ०८:४३ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्