Kathmandu Press

सुनका गहनासहित एक युवक पक्राउ

काठमाडौं, चैत १५ : प्रहरीले सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले...
सुनका गहनासहित एक युवक पक्राउ

काठमाडौं, चैत १५ : प्रहरीले सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरेको हो। उनी गहना र नगद चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।

Hardik ivf

महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको सुनको हार, एक तोलाको सुनको बाला, एक तोला सुनको झुम्का र २८ हजार नगद बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका राजेशविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।

प्रकाशित मिति: ०७:०२ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्