Kathmandu Press

राष्ट्रिय महिला लिग: विभागीय डर्बीमा एपिएफको जित

काठमाडौं, चैत १४ : चितवनका जारी राष्ट्रिय महिला लिगको विभागीय डर्बीमा एपिएफ विजयी भएको छ। सोमबार भरतपुरमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि...
राष्ट्रिय महिला लिग: विभागीय डर्बीमा एपिएफको जित

काठमाडौं, चैत १४ : चितवनका जारी राष्ट्रिय महिला लिगको विभागीय डर्बीमा एपिएफ विजयी भएको छ। सोमबार भरतपुरमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि २–०को जित निकाल्यो। 

एफिएफको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरिन् ।  पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

५१ औं मिनेटमा प्रिती राईले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाइन् । खेलको इन्जुरी समयमा सावित्रा भण्डारीले गोल गर्दै एपिएफलाई २–० को जित दिलाइन्।

चोटबाट मुक्त हुँदै खेलमा फर्किएपछि सावित्राको यो पहिलो गोल हो। अघिल्लो सिजनको राष्ट्रिय लिगकै क्रममा घाइते भएकी सावित्रा यही प्रतियोगिता मार्फत पुनरागमन गरेकी हुन्।

जारी लिगमा एपिएफको यो लगातार दोस्रो जित हो । यसअघि पहिले खेलमा आर्मीलाई २–१ले पराजित भएको छ। दुई खेलमा ६ अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ। पुलिस ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

यसैगरी अर्को खेलमा उपमहानगरपालिका पनि विजयी भयो । उसले चन्द्रपुर नगरपालिकालाई २–१ ले हरायो । 

धनगढीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो । धनगढीका लागि विर्सना चौधरी र चन्द्रा भण्डारी गोल गरिन् भने चन्द्रपुरकी रजनी थोकरले गोल गरिन्। 

४४औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरुआती अग्रता दिलाएइन्। तर, पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै धनगढी विजयी भयो । 

विर्सनाले दोस्रो र चन्द्राले चौथो मिनेटमा गोल गरेकी थिइन्।

प्रकाशित मिति: २०:१६ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्