Kathmandu Press

देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं, चैत १४ : देशका विभिन्न भागमा गरी चार जना मृत अवस्थामा भेटिएका छन् । रामेछापको मन्थली नगरपालिका १ बसपार्कमा रामेछाप नगरपालिका २...
देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं, चैत १४ : देशका विभिन्न भागमा गरी चार जना मृत अवस्थामा भेटिएका छन् । रामेछापको मन्थली नगरपालिका १ बसपार्कमा रामेछाप नगरपालिका २ देउराली बस्ने ४८ वर्षीय बोध बहादुर बस्याल सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै बाँकेको कोहलपुर नगरपालिका ५ बेलनपुर बस्ने सल्यान कुमाख गाउँपालिका ४ घर भएका १६ वर्षीय हिम बहादुर खत्री बेलनपुरस्थित किरणनाला खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । शनिबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । 

Hardik ivf

उता, बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बजारस्थित डेरामा बस्ने ७१ वर्षीया तुलसा भण्डारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

यस्तै रोल्पाको सुनिलस्मृती गाउँपालिका ३ रोईनिवाङस्थित लुङ्ग्री खोलामा हाल नाम नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:४६ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्