Kathmandu Press

‘एडभेन्चर’ खेलप्रेमीको गन्तब्य बन्दै त्रिशुली रिभरसाइड रिसोर्ट 

धादिङ, चैत १४  : धादिङमा रहेको त्रिशुली रिभरसाइड रिसोर्ट  ‘एडभेन्चर’ हब बन्दै गएको छ । एक दशक भन्दा लामो समय देखि र्‍याफ्टिङ, क्यानोइङ, कायाकिङ...
‘एडभेन्चर’ खेलप्रेमीको गन्तब्य बन्दै त्रिशुली रिभरसाइड रिसोर्ट 

धादिङ, चैत १४  : धादिङमा रहेको त्रिशुली रिभरसाइड रिसोर्ट  ‘एडभेन्चर’ हब बन्दै गएको छ । 

एक दशक भन्दा लामो समय देखि र्‍याफ्टिङ, क्यानोइङ, कायाकिङ सन्चालन गर्दै आएको पृथ्वी राजमार्गमा रहेको होलिडे डेस्टिनेसन नामले समेत परिचित त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदी माथी जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा ल्याएसँगै एडभेन्चर हबका रुपमा बिकास हुँदै गएको हो । 

राजधानी काठमाडौबाट सत्तरी किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्वब कंडेलले बताए । 

यहाँ स्काइ साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्र्याकमा एकजना खेल्न मिल्छ भने अर्कोमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ भएको कंडेल बताउँछन् ।

दुइतर्फी दुरि तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिब्यक्ती एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने छ । रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरि नै बनाइएको छ । 

रिसोर्ट परिसरबाट जिपलाइन नदी  पारी तर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैया र फोटो भिडियो बनाउन पाँच सय लाग्ने रिसोर्टका सन्चालक कंडेलले बताए । जिपलाइन गरेर नदी  पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने बताइएको छ ।

पर्यटकलाई थप सुबिधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भैरहेको कंडेल बताउँछन् । आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने रिसोर्टको भनाइ छ । 

प्रकाशित मिति: १९:०३ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्