Kathmandu Press

विधान विपरीत कार्य गर्नेलाई कारबाही हुन्छ : सभापति शर्मा

काठमाडौं, चैत १४ : नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विधान विपरीत कार्य गर्नेलाई कारबाही गरिने बताएका छन् । आगामी वैशाख ३० गते...
विधान विपरीत कार्य गर्नेलाई कारबाही हुन्छ : सभापति शर्मा

काठमाडौं, चैत १४ : नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विधान विपरीत कार्य गर्नेलाई कारबाही गरिने बताएका छन् । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहलाई लक्षित गरी नेपाली कांग्रेस तनहुँको व्यवस्थापन र प्रदेश कार्यसमितिको आयोजनामा आज दमौलीमा आयोजित प्रशिक्षण एवं अन्तरक्रियामा सभापति शर्माले कांग्रेस कार्यकर्ता अनुशासनमा बस्नुपर्ने बताए । 

Hardik ivf

पार्टीको हित विपरीत कार्य गरेमा तत्कालै कारबाही गरिने बताउँदै उनले भने, “पार्टीको विधान विपरीत कोही पनि जानु हुँदैन, विधान विपरीत भएको पाइए तत्कालै कारबाही गर्छौँ ।” शर्माले कांग्रेस पुरानो शक्ति भएको उल्लेख गर्दै आफूलाई नभनी अर्काका लागि भनेर लड्नुपर्ने बताए । 

उनले स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन सबै एकढिक्का भएर लाग्नुको विकल्प नभएको उल्लेख गरे । कार्यक्रममा कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, पूर्वसभापति रघुनाथ पौडेल, गण्डकी प्रदेश सदस्य शान्तिरमण वाग्ले, जिल्ला सचिव लक्ष्मीभक्त खनाल लगायतले पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए  । 

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्