Kathmandu Press

स्थानीय निर्वाचनमा काठमाडाैंमा ४६ दल सहभागी हुने

काठमाडाैं, चैत १४ : आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा ४६ वटा राजनीतिक दल सहभागी हुने भएका छन्।सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा...
स्थानीय निर्वाचनमा काठमाडाैंमा ४६ दल सहभागी हुने

काठमाडाैं, चैत १४ : आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा ४६ वटा राजनीतिक दल सहभागी हुने भएका छन्।

सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले काठमाडौंमा सबैभन्दा बढी ४६ राजनीतिक दल दर्ता भएको र ती दलले आफ्नै चिह्नबाट चुनावमा लड्ने जानकारी दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा चुनाव लड्न आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र ४० वटा साना राजनीतिक दल दर्ता भएको जानकारी दिए। 

डोल्पामा सबैभन्दा कम पाँचवटा मात्रै साना दल दर्ता भएको उनले बताए। 
 

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्