Kathmandu Press

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत १४ : नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५ हजार १ सय ५२ पिसिआर परिक्षणका क्रममा १५...
थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत १४ : नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ५ हजार १ सय ५२ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार १ सय ५७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार १ सय ४२ जना निको भएका छन्।

हाल नेपालमा १ हजार २ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । 

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्