Kathmandu Press

जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’ 

राँझा, असोज १५ : जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यान....

जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’ 
फाइल

राँझा, असोज १५ : जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ। 

रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरूका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिए।

उनका अनुसार  रुखमा चढ्ने र रुखकोे हाँगामा बस्ने प्रजातिहरू पुलबाट ओहोरदोहोर गर्दा सडक दुर्घटनामा न्यूनीकरण हुने र जङ्गली जनावर सुरक्षित हुुने आशा गरिएको छ। निकुञ्जले पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा सडकको दायाँ–बायाँ रुखमा डोरी टाँगेर पुल बनाएको छ। जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग गरेर पुल निर्माण गरिएको छ। 

जङ्गली जनावरलाई सडक दुर्घटनाबाट जोगाउन निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गका छ स्थानमा यस प्रकारका आकाशे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको थपलियाले जानकारी दिए। उनले  पूर्वपश्चिम राजमार्गको ओभरी–अगैयाकाबीचमा तीन स्थानमा र रत्न राजमार्गको चिसापानी क्षेत्रमा दुई स्थानमा आकाशे पुल सञ्चालनमा ल्याइएको बताए। 

पुलमा कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न कुडे ब्याक कम्पनीले उत्पादन गरेका नौ थान क्यामेरा जडान गरिएको छ। क्यामेरा ६ महिनासम्म राखेर नियमितरूपमा अनुगमन गरिने थपलियाले बताए। रासस
 

प्रकाशित मिति: ११:११ बजे, बुधबार, असोज १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्