Kathmandu Press

भिगन फेस्टिभलको प्रचार गर्न सगरमाथा आरोही कुन्तल नेपालमा

काठमाडाैं, चैत १४ : नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको हिमालयन भिगन फेस्टिभलको प्रचारका लागि दुईपटक सगरमाथा सफलापूर्ण आरोहण गरि सकेका विश्वकै पहिलो भिगन...
भिगन फेस्टिभलको प्रचार गर्न सगरमाथा आरोही कुन्तल नेपालमा

काठमाडाैं, चैत १४ : नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको हिमालयन भिगन फेस्टिभलको प्रचारका लागि दुईपटक सगरमाथा सफलापूर्ण आरोहण गरिसकेका विश्वकै पहिलो भिगन सगरमाथा आरोही कुन्तल जोइसर नेपाल आउँदैछन्।

फेस्टिभलबारे जानकारी दिन आज (सोमबार) काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा उनी प्रवचनमा सहभागी हुँदैछन्। भिगन भोजन (माछामासु, दहीदूध र महबिनाको शाकाहारी खाना) को फाइदा र त्यसको प्रचारप्रसारका लागि फेस्टिभल गर्न लागिएको र त्यसकाे आवश्यकता र महत्वबारे कुन्तलले जानकारी दिँदैछन्। 

Hardik ivf

हिमालय क्षेत्र नेपाल र भुटानमा संयुक्त रूपमा हुन गइरहेको बृहत महोत्सव नेपालमा भदौ ३० देखि असोज १ सम्म र  भुटानमा असोज २ देखि ४ सम्म हुनेछ। यो फेस्टिभल सर्वसाधारणका लागि निःशुल्क रहनेछ। तर आफ्ना लागि सिट बुक गर्न इच्छुकका लागि पासको व्यवस्था गरिएको जनाइएको छ ।

विशुद्ध शाकाहारी जीवनशैलीको परिचय प्रवर्धन तथा यसबाट हुने फाइदाहरु जनमानसमा पुर्याउने लक्ष्य बोकेर ३२ भन्दा अधिक देशहरुबाट सयभन्दा बढी विज्ञ तथा ज्ञाताहरु हिमालयन भिगन फेस्टिभलमा आउँदैछन्।

फेस्टिभलमा विश्वभरबाट आउने ज्ञाता तथा विज्ञहरुद्वारा सान्दर्भिक विषयमा छलफल तथा कक्षा, भिगन खाना, खाना पकाउन सिकाउने कक्षा चलचित्र स्क्रिनिङ, फिल्म प्रतियोगिता, फेसन सो, म्याराथन, योगा कक्षा आदि समेत सञ्चालन हुनेछ।

दुई पटक सगरमाथा आरोहण गरिसकेका कुन्तलले आफ्नो शारीरिक ऊर्जा तथा सहनशीलताको श्रेय भिगन भोजन तथा व्यायामलाई दिन्छन्।

आफूलाई नैतिक भिगन भन्न रुचाउने कुन्तल वातावरण र प्रकृति संरक्षणका निम्ति पनि भिगन बनेका हुन्। उनी एक सम्मानित फोटोग्राफर समेत हुन्, र उनका फोटो र फोटोकथाहरू नेसनल जियोग्रफिक, बस अर्थ, द आउटडोर जर्नल, हिमालयन जर्नललगायत अन्य म्यागाजिनहरूमा छापिनुका साथै उनी कुच शक्ति, कुच रत्न लगायतका विभिन्न पुरस्कारहरुबाट पुरस्कृतसमेत भएका छन्।

प्रकाशित मिति: १२:३२ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्