नेपालले दियो पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य
काठमाडाैं, चैत १४ : टियु मैदानमा जारी टी-२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १८४ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर...
काठमाडाैं, चैत १४ : टियु मैदानमा जारी टी-२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १८४ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर पपुवा न्युगिनीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रनकोस्कोर बनायो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यस्तै, रोहित पौडेलले २६ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए। कुशल भुर्तेलले ११ बलमा २० रन बनाउँदा करण केसीले ७ बलमा १४ रन बनाए।
पपुवा न्युगिनीका अलेइ नाओ, चाड सुपर र चार्लस अमिनीले समान २ विकट लिए।
प्रकाशित मिति: १४:०६ बजे, सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











