Kathmandu Press

तनहुँ जलविद्युत् : प्रसारण लाइन विस्तार तीव्र

तनहुँ, चैत १४ : तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत्...
तनहुँ जलविद्युत् : प्रसारण लाइन विस्तार तीव्र

तनहुँ, चैत १४ : तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरिसकेको छ। 

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ वटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो । आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। 

Hardik ivf

आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण कार्य भइरहेको उनले बताए।

सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ । एक हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ । उनले भने, ‘अहिलेसम्म करिब ३०० मिटर मुख्य सुरुङ खनिएको छ।’

केइसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ। आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ। 

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी रु ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको रु १५ करोड रहेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले रु १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रु आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले रु आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। 

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्