Kathmandu Press

१६ तोला अवैध सुनसहित दुई जना पक्राउ

काठमाडौं, असोज १५ : काठमाडौंमा १६ तोला अवैध सुनसहित दुई जना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटि....

१६ तोला अवैध सुनसहित दुई जना पक्राउ
फाइल

काठमाडौं, असोज १५ : काठमाडौंमा १६ तोला अवैध सुनसहित दुई जना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई १६ तोला १४ लाल सुनसहित पक्राउ गरेको हो।
 
 त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले जानकारी दिए। त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

सुनको मूल्य १२ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ।

प्रकाशित मिति: १०:१९ बजे, बुधबार, असोज १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्