Kathmandu Press

बिरामी परेका प्रहरी हवलदारलाई सेनाको हेलिकप्टरबाट उद्दार

दार्चुला, चैत १४ : डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि  हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका...
बिरामी परेका प्रहरी हवलदारलाई सेनाको हेलिकप्टरबाट उद्दार

दार्चुला, चैत १४ : डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि  हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

Hardik ivf

हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए। थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो । 

एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपिहिमाल पुगेका थिए। 

प्रकाशित मिति: ११:३९ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्