त्रिदेशीय श्रृंखलामा नेपाल र पपुवा न्युगिनी भिड्दै
काठमाडौं, चैत १४: नेपाल, पपुवा न्यगिनी र मलेसिया सम्मिलित त्रिदेशीय टी२० श्रृंखला आजदेखि काठमाडौंमा शुरु हुँदै छ।यो श्रृंखलाको पहिलो खेलमा आज नेपाल र...
काठमाडौं, चैत १४: नेपाल, पपुवा न्यगिनी र मलेसिया सम्मिलित त्रिदेशीय टी२० श्रृंखला आजदेखि काठमाडौंमा शुरु हुँदै छ।
यो श्रृंखलाको पहिलो खेलमा आज नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १२ः३० बजे नेपाल र पपुवा न्युगिनीबीचको खेल हुनेछ।
अहिलेसम्म टी२० प्रतियोगितामा नेपाल र पपुवा न्युगिनीबीच एउटा खेल भएको छ। सन् २०१५ मा भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग आठ विकेटले पराजित भएको थियो।
कीर्तिपुरमै भएको एकदिवसीय श्रृंखला भने पपुवा न्युगिनीले जितेको थियो। श्रृंखलाका दुवै खेलमा नेपाललाई पराजित गरेको थियो।
यो श्रृंखलामा तीनै टोलीले दुईदुई खेल खेल्नेछन्। त्यसपछि अंक तालिकामा शीर्ष दुई टोली फाइनल खेल्नेछन्।
प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












