Kathmandu Press

थाइ क्लबसँग नेपाल ३–१ ले पराजित

काठमाडौं, चैत १३ : एसियन कपको तेस्रो चरणको छनोटका तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड पुगेको नेपाली टिम दोस्रो खेलमा पनि पराजित भएको...
थाइ क्लबसँग नेपाल ३–१ ले पराजित

काठमाडौं, चैत १३ : एसियन कपको तेस्रो चरणको छनोटका तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड पुगेको नेपाली टिम दोस्रो खेलमा पनि पराजित भएको छ।

पहिलो खेलमा थाइल्यान्डको राष्ट्रिय टिममा पराजित भएको नेपाल दोस्रो खेलमा चोनबुरी एफसीसँग ३–१ ले पराजित भयो । अनन्त तामाङको कप्ताीनमा मैदान उत्रिकएको नेपालविरुद्ध जित निकाल्न चोनबुरीका फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले गोल गरे भने नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए  ।

खेलको २४ औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई सुरुआती अग्रता लियो । ६५ औं मिनेटमा रेनाटोले गोल गर्दै चोनबुरीको अग्रता २–० अग्रता लियो । 

८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे । तर, इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए ।

एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ । यो समूहमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । कुवेतमा हुने खेलमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्ने छ भने जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: १९:१६ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्