Kathmandu Press

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
Hardik ivf

बर्दिया, चैत १३ : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका ६ बस्ने ३० वर्षीय ईब्रार भन्ने ईबरार अहमद मनिहारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासको २०७७ माघ २६ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका ६ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दिया बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार पठाइएको छ ।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्