Kathmandu Press

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

बर्दिया, चैत १३ : बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने...
बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

बर्दिया, चैत १३ : बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

पक्राउ परेका मनियारलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ। जबर्जस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले पाँच वर्ष कैद सजाय तोकेपछि मनियार फरार रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए।

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्