थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत १३ : नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ७ सय ८० पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थप २ सय १५ संक्रमित कोरोनामुक्त भउका छन्।
हाल नेपालमा १ हजार ५ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा छन्।
प्रकाशित मिति: १६:३७ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












