Kathmandu Press

चैत २० देखि मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ हुने

काठमाडाैं, चैत १३ : नेसनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत २० देखि २४ सम्म काठमाडौंमा मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने...
चैत २० देखि मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ हुने

काठमाडाैं, चैत १३ : नेसनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत २० देखि २४ सम्म काठमाडौंमा मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै किक बक्सिङ एशोसियसनले 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा फूलकन्ट्याक्ट महिला÷पुरुष, स्कोरीङ फाइट महिलापुरुष तथा लाइट कन्ट्याक्ट महिला÷पुरुषमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि निरिक्षण गर्न वाको अन्तराष्ट्रियका पदाधिकारीहरु नेपाल आउने बताइएको छ।

प्रतियोगिता संचालन गर्न १० लाख ५० हजार बढी खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्