वैशाख २३ र २४ मा राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता हुने
काठमाडाैं, चैत १३ : १६औं धर्मश्री तथा प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना...
काठमाडाैं, चैत १३ : १६औं धर्मश्री तथा प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने भएको छ।
नेपाल व्यायाम मन्दिरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाख २३ र २४ गते आयोजना हुने जानकारी दिएको हो। प्रतियोगिताको ‘प्रिजजिङ राउन्ड’ वैशाख २३ मा हुनेछ। फाइनल चरण वैशाख २४ मा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। जसमा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दा माथिका तौल समूह हुनेछन्।
धर्मश्री विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रोले दुई लाख पुरस्कार पाउँदा चौथोले १ लाख ५० हजार, पाँचौले १ लाख, छैटौंले ९० हाजार र तासौं हुनेले ८० हजार पुरस्कार प्राप्त गर्नेछन्।
प्रत्येक तौल समूहका उपविजेताले ४० हजार र तेस्रो हुनेले २५ हजार पाउनेछन्। त्यस्तै प्रथम महिला फिजिक्सतर्फको विजेताले दुई लाख, उप विजेताले एक लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने व्यायम मन्दिरले जनाएको छ।











