Kathmandu Press

धनुषामा स्थानीय व्यापारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार, दुईजना घाइते

काठमाडौं, चैत १३ : धनुषाको विदेह नगरपालिका तिनकौरियामा स्थानीय व्यापारी र प्रहरीबीच झडप भएको छ।अज्ञात समूहले  शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको...
धनुषामा स्थानीय व्यापारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार, दुईजना घाइते

काठमाडौं, चैत १३ : धनुषाको विदेह नगरपालिका तिनकौरियामा स्थानीय व्यापारी र प्रहरीबीच झडप भएको छ।

अज्ञात समूहले  शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पान पसलमा आगजनी गरेकाे घटनालाई लिएर आज (आइतबार) स्थानीयले विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको हो।

Hardik ivf

झडपमा परी एक प्रहरी र एक सथानीय घाइते भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको छ। 

आक्रोशित स्थानीयले प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिले लापरबाही गरेको भन्दै बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका थिए। 

प्रदर्शन चर्किंदै गएपछि स्थितिलाई नियन्त्रणमा दिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ। अहिले आन्दोलनकारी, नगरपालिका र प्रहरीबीच छलफल चलिरहेको बताइएको छ।

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्