Kathmandu Press

मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित

मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित

मकवानपुर, चैत १३ : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरेका छन्।

मकवानपुरगढी गाउँपालिका–५ स्थित खेलमैदानमा शनिबार आयोजित एक समारोहबीच उहाँले सो गाउँपालिकालाई नेपालकै चौँथो र जिल्लाको तेस्रो बालमैत्री गाउँपालिका घोषणा गरेका हुन्।

Hardik ivf

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको सूंचक र मापदण्ड पूरा गरेकाले सो गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको हाे।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणामा सहयोग पुर्‍याउने सबै वडालाई ताम्रपत्रद्वारा सम्मान गर्नुका साथै गाउँपालिकाका पूर्वजनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व तथा गैरसरकारी संघसंस्थालाई सम्मान गरिएको थियो।

समारोहमा सिमलटार र भालुखोला क्षेत्रबाट हजारौँ सङ्ख्यामा पञ्चेबाजा, खैजडी भजन, तामाङ समुदायका झाँकीलगायत सांस्कृतिक कार्यक्रम गरिएको थियो । त्यस्तै राष्ट्रिय कलाकार निसान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ तितुङले आफ्नो सांगीतिक प्रस्तुति दिनुका साथैं विद्यालयका बालबालिकाले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए।

कार्यक्रममा सङ्घीय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, संविधानसभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, गाउँपालिकास्तरीय बालसञ्जालका अध्यक्ष विशाल तिमल्सिना, मनहरि गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखलगायत सामाजिक सङ्घ संस्था तथा राजनीतिक दलका प्रतिनिधि उल्लेखनीय सहभागिता थियो । 

प्रकाशित मिति: १४:११ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्