Kathmandu Press

आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

ललितपुर, चैत १३ : राति ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका...
आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

ललितपुर, चैत १३ : राति ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्। 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन्।

Hardik ivf

दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। 

शनिबार  राति डिउटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा८३प ८९९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको थियो।

उनको राति २ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्