Kathmandu Press

युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीको आग्रह

काठमाडाैं, चैत १३ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर...
युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीको आग्रह

काठमाडाैं, चैत १३ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गरेकी छन्।

‘यस नेपाली’ एजुकेशन एण्ड भिसा सर्भिसेजको नेपालस्थित कार्यालयको आज (आइतबार)  उद्घाटन गर्दै उनले दक्षता वृद्धि गरेर विदेशमै पलायन हुनुभन्दा स्वदेशमा फर्किएर समृद्धिका लागि योगदान दिन आग्रह गरेकी हुन्।

Hardik ivf

राज्यमन्त्री यादवले नेपाल सरकारले हरेक पालिकास्तरमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरे पनि सम्बन्धित शिक्षक नपाउने अवस्थाको अन्त्यका लागि जनशक्ति उत्पादन गर्ने संस्थाले ध्यान दिनुपर्नेमा जोड दिइन्। 

सो संस्थाका कार्यकारी निर्देशक रोशन भट्टराईले अष्ट्रेलियामा विगत ६ वर्षदेखि काम गरेको अनुभवका आधारमा नेपालमा उचित परामर्श दिन सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए।

सर्भिसेजले विद्यार्थी भिसा, टोफल, आइएलटिएसलगायत परामर्श सेवा दिनेछ । नेपाली विद्यार्थी उच्चशिक्षाका लागि सबैभन्दा बढी जाने गन्तव्य मुलुकमा अष्ट्रेलिया प्रमुख मानिन्छ।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्