Kathmandu Press

९ महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा एरिक्सनको पुनरागमन 

काठमाडौं, चैत १३ : डेनमार्ककका मिडफिल्डर क्रिस्टियन एरिक्सन ९ महिनापछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएका छन्। गएराती नेदरल्याण्ड्सविरुद्धको मैत्रीपूर्ण खेलबाट एरिक्सनले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका हुन्। युरोकप...
९ महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा एरिक्सनको पुनरागमन 

काठमाडौं, चैत १३ : डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ९ महिनापछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएका छन्। गएराती नेदरल्याण्ड्सविरुद्धको मैत्रीपूर्ण खेलबाट एरिक्सनले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका हुन्। 

युरोकप २०२० अन्तर्गत फिनल्याण्डविरुद्ध खेल्ने क्रममा एरिक्सन १२ जुन २०२१ मा मैदानमै ढलेका थिए।  खेलको ४३ मिनेट चलिरहँदा  उनका साथी खेलाडीले थ्रो गरेको बल लिने क्रममा एरिक्सन बेहोस भएर ढलेका थिए । एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) दिइएको थियो। झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो।

हृदयघातका कारण मैदानमै ढलेका एरिक्सन केही दिनमा निको भएपनि मैदानबाहिर बस्दै आएका थिए। उनले क्लब फुटबल भने खेलिसकेका छन्। क्लबको मैदानमा भने उनी आठमहिनापछि फर्किएका थिए। गत फागुनमा साउथेन्ड युनाइटेड इलेभेन विरुद्धको मैत्रीपूर्ण खेलमा एरिक्सनले १ घन्टा खेलेका थिए। 

इन्टरमिलानबाट ब्रेन्टफोर्डमा अनुवन्धित भएका एरिक्सनले ब्रेन्टफोर्डले साउथेन्ड युनाइटेड इलेभेन विरुद्धको खेलमा गोलको अवसर सिर्जना गरेका थिए। सो खेलमा बे्रन्टफोर्ड ३–२ ले विजयी भएको थियो। 

शनिबार राति भएको खेलमा उनले गोलसमेत गरे।  खेलको ४७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई ३-२ को स्थितिमा पुर्‍याएका थिए ।

प्रकाशित मिति: ११:१२ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्