अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेदरल्याण्ड्सले डेनमार्कलाई हरायो, बेल्जियम बराबरीमा
काठमाडौं, चैत १३ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेदरल्याण्ड्सले डेनमार्कलाइ पराजित गरेको छ। गएराती भएको खेलमा नेदरल्याण्ड्सले डेनमार्कमाथि ४–२ गोलको जित निकालेको हो। नेदरल्याण्ड्सको जितमा स्टेभेन...
काठमाडौं, चैत १३ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेदरल्याण्ड्सले डेनमार्कलाइ पराजित गरेको छ। गएराती भएको खेलमा नेदरल्याण्ड्सले डेनमार्कमाथि ४–२ गोलको जित निकालेको हो।
नेदरल्याण्ड्सको जितमा स्टेभेन बेर्जविनले २ गोल गर्दा नाथन एके र मेम्फस डिपेले एकएक गोल गरे। डेनमार्कका लागि जानिक भेस्टरगार्ड र क्रिस्टियन एरिक्सनले एकएक गोल फर्काए।
अर्को खेलमा बेल्जियम भने बराबरीमा रोकिएको छ। आयरल्याण्डविरुद्ध खेलेको बेल्जियम २–२ को बराबरीमा रोकिएको हो। बेल्जियमका लागि मिचि बात्सुआइ र हान्स भानाकेनले एकएक गोल गरे भने आयरल्याण्डका चिडोजी ओग्बेने र एलन ब्राउनीले एकएक गोल गरे।
प्रकाशित मिति: १०:३९ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











