कांग्रेसको चियापान असोज २६ गते हुने
काठमाडौं, असोज १४ : नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्ने भएको छ।
मंगलबार पार्टी कार्यालयमा ....

काठमाडौं, असोज १४ : नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्ने भएको छ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान कार्यक्रमको आयोजना गरेको जाकनारी दिए। उनका अनुसार पार्टी कार्यालय सोनपामा हुने चियापान अपरान्ह १ बजेदेखि ५ बजेसम्म चल्नेछ।
०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किपछि वीपी कोइरालाले प्रारम्भ गरेको चियापानको कार्यक्रममार्फत सद्भाव आदान–प्रदानको निरन्तरता कांग्रेसले दिँदै आएको छ।
विगतमा केन्द्रीय रुपमा मात्रै आयोजना गरिने दशैं, तिहार र नेपाल सम्वतका अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापन कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझै यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यका बाहिर ७४ जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुनेछन्।











