सांसदमाथिको आक्रमणको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, चैत १३ : गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन...
काठमाडौं, चैत १३ : गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
सांसद साहमाथि शनिबार आक्रमण भएको थियो। उनको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
घाइते सांसद साहसँगको भेटपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहमाथि आक्रमण भएको थियो। आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ।
गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन्।
प्रकाशित मिति: ०६:५२ बजे, आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












