Kathmandu Press

काठमाडौंको छाउनीमा भूकम्प स्मृति पार्क

काठमाडौं, चैत १२ : काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौको छाउनीमा भूकम्प स्मृति पार्क निर्माण भएको छ। काठमाडौं महानगरपालिका-१५...
काठमाडौंको छाउनीमा भूकम्प स्मृति पार्क

काठमाडौं, चैत १२ : काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौको छाउनीमा भूकम्प स्मृति पार्क निर्माण भएको छ। 

काठमाडौं महानगरपालिका-१५ स्थित छाउनीमा निर्माण गरिएको पार्क र २०७२ सालको भुकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा निर्माण भएको भूकम्प स्मृति स्तम्भको प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले उद्घाटन गरे।

भूकम्पलगायतका प्रकृतिक प्रकोपको समयमा समुदायको लागि खुल्ला पार्कको आवश्यकतालाइ मनन गर्दै पार्क निर्माण गरिएको श्रेष्ठले बताए। उनले प्राकृतिक प्रकोपबाट बच्न खुल्ला स्थानको आवश्यकता रहेको पनि धारणा राखे।

उनले  संस्कृति र सम्पदालाई संरक्षण गर्दै  पर्यटन क्षेत्रलाई विकास गर्न सकिने बताए।

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्