बिनाभन्सार भित्र्याइएका मालसामान सशस्त्र प्रहरीकाे नियन्त्रणमा
पर्सा, चैत १२ : बिनाभन्सार भित्र्याइएका १७ लाख मूल्य बराबरका मालसामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएकाे छ।सशस्त्र टोलीले बिनाभन्सार नेपाल भित्र्याइएका विभिन्न मालसामानसहित एउटा...
पर्सा, चैत १२ : बिनाभन्सार भित्र्याइएका १७ लाख मूल्य बराबरका मालसामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएकाे छ।
सशस्त्र टोलीले बिनाभन्सार नेपाल भित्र्याइएका विभिन्न मालसामानसहित एउटा ट्रकलाई पनि नियन्त्रण लिएको छ।
वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ३४१० नम्बरको ट्रक र उक्त ट्रकमा लोड भएका प्लास्टिकको झोला, कपडा, भुजा, मेसिनरी र किरानालगायत सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बरगण पर्साले जनाएको छ।
प्रकाशित मिति: १७:३३ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार