Kathmandu Press

समाजवादी प्रेस संगठनको विस्तारित बैठक राजधानीमा सुरु

काठमाडाैं, चैत १२ : प्रगतिशील श्रमजीवी पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन, नेपालको प्रथम विस्तारित बैठक आजदेखि राजधानीमा सुरु भएको छ। दुई दिनसम्म चल्ने...
समाजवादी प्रेस संगठनको विस्तारित बैठक राजधानीमा सुरु
Hardik ivf

काठमाडाैं, चैत १२ : प्रगतिशील श्रमजीवी पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन, नेपालको प्रथम विस्तारित बैठक आजदेखि राजधानीमा सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकको नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले उद्घाटन गरे।

 बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारीसहित सदस्य, प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष, उपाध्यक्ष, पूर्वअध्यक्षलगायत ३०० भन्दा बढीको सहभागिता रहेको छ। बैठकमा अध्यक्ष तथा महासचिवको साङ्गठनिक प्रतिवेदन पेस हुनेछन्। उद्घाटन सत्र सकिएलगत्तै अहिले बन्दसत्र चलिरहेको छ।
 
संगठनका अध्यक्ष शम्भु श्रेष्ठले दशकौँको परिश्रमबाट निर्माण गरिएको एउटा धरोहर क्षतविक्षत हुन पुगेपछि फेरि नयाँ धारमा समाहित हुने उद्देश्यअनुरुप समाजवादी प्रेस सङ्ठगन स्थापना गरी सुदृढीकरण अभियानमा लागिएको बताए।
 
समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समिति बनेको पाँच महिनामा सङ्गठनलाई देशका ४० भन्दा जिल्लामा विस्तार गरिएको उनले जानकारी दिए। सातै प्रदेश र केन्द्रीय तहमा सङ्गठनलाई चलायमान बनाउन आवश्यक सबै विभागको गठन गरिसकिएको उनको भनाइ छ।
 
देशभर १० हजारभन्दा बढी पत्रकार, झन्डै ६०० प्रसारण संस्था, २०० जति मूल प्रवाहका अनलाइन र त्यत्तिकै सङ्ख्यामा सञ्चालित छापा माध्यममा आबद्ध पत्रकारको हकहित, पेसागत सुरक्षा, वृत्तिविकास र सम्मानपूर्ण जीविकाको पक्षमा सङ्गठन क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित मिति: १६:११ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्