Kathmandu Press

महरालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, असोज १४ : बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।....

महरालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, असोज १४ : बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। 

महरालाई पक्राउ गर्न माग गर्दै मंगलबार दिउँसो माइतीघरमा प्रदर्शन गरिएको हो। संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि  महराले सभामुखबाट मंगलबारै दिउँसो राजीनामा दिएका थिए।

महिलालाई बलात्कार गरेको समाचार बाहिर आइसक्दा पनि प्रहरीले  घटनाबारे अनुसन्धान समेत अघि नबढाएको भन्दै महिला सुरक्षा दबाब समूहले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी महिलाहरुले  महरालाई पक्राउ गरी घटनाको अनुसन्धान तत्काल अघि बढाउन माग गरेका थिए।

संसद् सचिवालयकी कर्मचारीले आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका सभामुख महराले बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै महरा कोठाबाट निस्केको ति महिलाले बताएकी छन्। आइतबार राति नै प्रहरीले उनको कोठामा पुगेर फोटो खिच्नुका साथै सोधपुछ गरेको थियो। 

सभामुख महराले मंगलबार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका छन्। 
 

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, असोज १४, २०७६