लागुऔषध अफिमसहित महिला पक्राउ
वीरगञ्ज, चैत १२ : अवैध लागुऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४०...
वीरगञ्ज, चैत १२ : अवैध लागुऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम रहेको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ।
प्राप्त सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।
पक्राउ परेका महिलालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पनि उनले जानकारी दिए।
प्रकाशित मिति: १६:२९ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












