संक्रमितकाे संख्या घट्दाे, पछल्लाे २४ घन्टामा आठजनामा मात्र संक्रमण
काठमाडाैं, चैत १२ : नेपालमा काेराेना संक्रमितकाे संख्या शून्यतर्फ उन्मुख हुन थालेकाे छ। केही दिनयता संक्रमितकाे संख्या उल्लेख्य रूपमा घटिरहेकाे छ।पछिल्लाे २४ घन्टामा थप...
काठमाडाैं, चैत १२ : नेपालमा काेराेना संक्रमितकाे संख्या शून्यतर्फ उन्मुख हुन थालेकाे छ। केही दिनयता संक्रमितकाे संख्या उल्लेख्य रूपमा घटिरहेकाे छ।
पछिल्लाे २४ घन्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप २ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ लाख ६०८ निको भएका छन्। हाल नेपालमा १ हजार ७ सय ५८ सक्रिय संक्रमित आइसाेलेसनमा रहेका छन्।
प्रकाशित मिति: १५:५३ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












