Kathmandu Press

महरा प्रकरणमा राज्य संयन्त्रको निष्पक्ष भूमिका जरुरी : पौडेल

काठमाडौं, असोज १४ : नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपका विषयमा राज्यका सम्बन्धित संयन्त्....

महरा प्रकरणमा राज्य संयन्त्रको निष्पक्ष भूमिका जरुरी : पौडेल
फाइल

काठमाडौं, असोज १४ : नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपका विषयमा राज्यका सम्बन्धित संयन्त्रहरुले निष्पक्ष भएर छानबिन गर्नुपर्ने माग गरेका छन्।

‘विगतमा शक्तिको आडमा बलशाली व्यक्तिहरुले अनुसन्धान नै प्रभावित गरेका धेरै घटना छन्, फेरि त्यस्तो प्रवृत्ति किमार्थ दोहरिनु हुँदैन,’ पौडेलले भने।

महरामाथि अब राज्यको छानबिन तथा अनुसन्धान प्रक्रियालाई सहयोग गर्नुको विकल्प नरहेको भन्दै पौडेलले घटनाको छानबिन सामान्य नागरिक सरह हुनुपर्ने बताए। 

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले पछिल्ला दिनमा गृह प्रशासनप्रति आम नागरिकको विश्वास टुट्दै गएको अवस्थामा यस प्रकरणमा राज्यका अंगले कुनै गल्ती नगरी दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्ने बताए।  

उनले सभामुख जस्तो मर्यादित पदमा रहेका व्यक्ति माथिको यस्तो आरोपले संसद्को गरिमा र नेतृत्वप्रतिको मर्यादा समाप्त हुने खतरा रहेको औंल्याए।

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, असोज १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्