दोलखा कालिन्चोकमा आगलागीबाट तीन घर जल्दा ५० लाखकाे क्षति
दोलखा, चैत १२ : दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा....jpg)
दोलखा, चैत १२ : दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। त्यहाँका वडाध्यक्ष सुवास थामीले त्यसबारे जानकारी दिएका हुन्।
खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएको तीनवटै घर र सामग्री जलेर नष्ट भएको उनले बताए। भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।
बाक्लो गाउँ भएको र घरहरुसँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको छ।
आगलागीबाट तीनवटा घरसहित घरमा भएको सामग्रीहरु जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताए।
प्रकाशित मिति: १४:०८ बजे, शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












