Kathmandu Press

बलात्कारको आरोप लागेपछि सभामुख महराद्वारा राजीनामा

काठमाडौं, असोज १४ : बलात्कारको आरोप लागेपछि संघीय संसदका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। 

सत्तासीन दल नेपाल कम....

 बलात्कारको आरोप लागेपछि सभामुख महराद्वारा राजीनामा
फाइल

काठमाडौं, असोज १४ : बलात्कारको आरोप लागेपछि संघीय संसदका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। 

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएपछि सभामुख महराले मंगलबार उपसभामुख डा. शिवमाया तुम्बाहाङफेसमक्ष राजीनामा बुझाएका छन्। संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार, सभामुखले उपसभामुखलाई राजीनामा बुझाउनु पर्छ।

त्यहीअनुसार, सभामुख महराले उपसभामुख डा. तुम्बाहाङफे समक्ष राजीनामा बुझाएका हुन्।  सभामुख महरालाई सांसद पदबाट समेत राजीनामा दिन नेकपाले निर्देशन दिएको थियो। तर, महराले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन्। 

संसद् सचिवालयकी कर्मचारीले आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका सभामुख महराले बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै महरा कोठाबाट निस्केको ति महिलाले बताएकी छन्। आइतबार राति नै प्रहरीले उनको कोठामा पुगेर फोटो खिच्नुका साथै सोधपुछ गरेको थियो।

सोमबार साँझ महराको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेको थियो। 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, असोज १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्