Kathmandu Press

दीपेन्द्रको शतकमा नेपालले दियो २७९ रनको लक्ष्य

काठमाडाैं, चैत १२ : दीपेन्द्रसिंह ऐरीले अकर्षक अर्धशतक प्रहार गरेपछि नेपालले एकदिवसीय सिरिजको दोस्रो खेलमा पपुवा न्युगिनीलाई २७९ रनको लक्ष्य दिएको छ।टियू मैदानमा...
दीपेन्द्रको शतकमा नेपालले दियो २७९ रनको लक्ष्य

काठमाडाैं, चैत १२ : दीपेन्द्रसिंह ऐरीले अकर्षक अर्धशतक प्रहार गरेपछि नेपालले एकदिवसीय सिरिजको दोस्रो खेलमा पपुवा न्युगिनीलाई २७९ रनको लक्ष्य दिएको छ।

टियू मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दीपेन्द्रको शतक मद्दतमा निर्धारित ओभरमा ८ विकेटको क्षतिम २७८ रन बनायो। करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा दीपेन्द्रले १३६ बलमा ६ चौका प्रहार गरे।

नर्मन भानुआको बलमा ४८औं ओभरको पहिलो बलमा आउट हुनुअघि उनले १४० बल खेल्दै ७ चौकाको सहयोगमा १०५ रन बनाए। यो नेपालका लागि एकदिवसीय क्रिकेटको तेस्रो शतक हो।

यअसघि पूर्वकप्तान पारस खड्का र रोहितकुमार पौडेलले नेपालका लागि शतक प्रहार गरेका थिए। यस्तै, देव खानलले पनि अर्धशतकीय योगदान दिए । दोस्रो एकदिवसीय खेल खेलिरहेका उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

देव र दीपेन्द्रले तेस्रो विकेटका लागि १२९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्‍याएका थिए। यस्तै, रोहित पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाउँदा कप्तान सन्दीपले ९ बलमा आक्रमक रुपमा २४ रन बनाए।

पपुवा न्युगिनीका एलेइ नाओले ३ तथा नर्मन भानुआले २ विकेट लिए।

प्रकाशित मिति: १२:५३ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्